२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

परराष्ट्रमन्त्री डा. राणा र जापानी विदेशमन्त्रीबीच भेटवार्ता

G Motors
मध्यान्ह
२०८२ जेठ ८ गते १६:५०
परराष्ट्रमन्त्री डा. राणा र जापानी विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच जापानको राजधानी टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहेकी मन्त्री डा. राणा र जापानी विदेशमन्त्री ताकेसीबीच बिहीबार टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो ।

त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा छलफल भएको छ । भेटका क्रममा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उनीहरूका बीचमा नेपाल–जापान सम्बन्धको ७० वर्षे इतिहासका विविध पक्षहरूमा पनि छलफल भएको हो । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाउँदै छन् ।

त्यस भेटका अवसरमा मन्त्री डा. राणाले आगामी वर्ष २ देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । मन्त्री डा. राणाले त्यस अवसरमा नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई सहयोगका लागि जापानसँग आग्रह गरेकी थिइन् ।

मन्त्री डा. राणाले नेपालमा लगानीका लागि जापानी उद्योगी, व्यवसायीहरूलाई प्रोत्साहित गरिदिन विदेशमन्त्रीलाई आग्रह गर्दै नेपालमा लगानीका धेरै सम्भावना रहेका र नेपाल सरकारले वैदेशिक लगानीलाई सुरक्षा र सुनिश्चितता प्रदान गर्ने पनि बताइन् ।

परराष्ट्रमन्त्री डा. राणाले नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध भन्दा पनि सदियौँ पुरानो सम्बन्ध रही आएको प्रसंग उल्लेख गरिन् । ‘२ देशबीच भगवान गौतम बुद्धको शिक्षाबाट प्रेरित प्राचीन सामाजिक–सांस्कृतिक सम्बन्ध रही आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी नेपाल र जापानी नागरिकबीचको एक सांस्कृतिक सेतु पनि हो’, उनले भनिन् ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise