जनकपुरधाम : मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले मन्त्रिपरिषद्मा फेरबदल गर्ने भएको छ । सरकारमा सहभागी भएको करिब १ वर्षपछि पार्टीले आफ्ना २ मन्त्रीलाई फिर्ता बोलाउने तयारी थालेको हो ।
पार्टी सचिवालयका अनुसार हाल प्रदेश सरकारमा रहेका वन मन्त्री त्रिभुवन साह र उद्योग मन्त्री सकिल अलीलाई फिर्ता बोलाउने तयारी गरिएको छ । उनीहरूलाई फिर्ता बोलाएर मन्त्रालयमा नयाँ अनुहार पठाउने तयारी पनि छ ।
पार्टीले समानुपातिक प्रदेश सांसद वसन्त कुशवाहालाई वन र प्रत्यक्ष निर्वाचित सांसद सञ्जय यादव उद्योग मन्त्रालयलाई पठाउने टुङ्गो लगाएको छ ।
पार्टीभित्र आन्तरिक समीकरण तथा कार्यदक्षताका आधारमा मन्त्री फेरबदल गरिएको जनाइएको छ ।
कुशवाहा जनमतका उपाध्यक्ष हुन् ।
२५ जेठ २०८१ मा जनमतका सतिशकुमार सिंह नेतृत्वमा सरकार बनेपछि शाह र मियालाई मन्त्रालयको जिम्मेवारी दिएको थियो ।