२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

गृहका सहसचिव भट्टराईलाई पुन: उपस्थित हुने गरी छाडियो

G Motors
मध्यान्ह
२०८२ जेठ ७ गते २१:४९
गृहका सहसचिव भट्टराईलाई पुन: उपस्थित हुने गरी छाडियो

काठमाडौं : गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोलि उपस्थित हुने गरी छाडेको छ ।

भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो । अख्तियारले उनलाई बिहीबार आयोगमा उपस्थित हुन निर्देशन दिएको छ ।

भिजिट भिसाको नाममा मानव तस्करीमा संलग्न समूहसँग मिलेमतो गरी नेपाली नागरिकलाई विदेश पठाएको आशंकामा भट्टराईमाथि अनुसन्धान सुरु गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई गृह मन्त्रालयले मंगलबार साँझ आकस्मिक रूपमा सरुवा गरेको थियो । त्यसको भोलिपल्ट, बुधबार, अख्तियारले उनलाई विमानस्थलस्थित कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

ADV

सम्बन्धित खबर

Advertise