२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

तिल गाउँमा ७ दिनपछि पुर्‍याइयो राहत सामग्री

Nada
२०८२ जेठ ७ गते १९:००
Shares
तिल गाउँमा ७ दिनपछि पुर्‍याइयो राहत सामग्री

हुम्ला : हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिल गाउँमा बुधबार राहत सामग्री पुर्‍याइएको छ । यही जेठ १ गते राति गएको बाढीपहिरो पीडितका लागि ७ दिनपछि बुधबार राहत सामग्री पुर्‍याइएको हो । 

पहिरोको जोखिममा रहेका १९ घरपरिवारका लागि नाम्खा गाउँपालिका, उद्योग वाणिज्य संघ, ‘आधार नेपाल’ नामक संस्थाको टोली राहत सामग्री लिएर तिल गाउँमा पुगेको हो । राहत सामग्रीसँगै नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा पनि तिला गाउँ पुगेका छन् ।

बाढीपहिरो पीडितका लागि प्रमुख समस्या गाँस, बास र कपास  भएकाले आवश्यक सामग्री आज बिहान पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । उनीहरुलाई १० क्विन्टल चामल, १०० लिटर तेल, दुई क्विन्टल नुन, दुई क्विन्टल चिनी, ३० क्विन्टल मैदा, एक क्विन्टल चिउरा, एक क्विन्टल भुजा, चिया, आलुको बीउ, सागसब्जीको बीउ, साबुन, औषधि, सिमेन्ट पुर्‍याइएको प्रजिअ पाण्डेयले बताए । 

यसैगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बुधबार राहत सामग्री लिएर त्यसतर्फ प्रस्थान गरेको छ । कम्बल, त्रिपाल, म्याट्रेस लिएर अध्यक्ष गणेश महत त्यसतर्फ लागेका हुन् । त्यसैगरी खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय हुम्लाले एक हजार ८०० मिटर खानेपानीको पाइप सहयोग गरेको छ । 

तिल गाउँका १९ घरपरिवारका ३३ जना त्रिपाल मुनि बस्दै आएका छन् । उक्त राहत सामग्री हल्जी गाउँदेखि गाडी पुग्ने ठाउँसम्म गाडीमा र त्यसपछि भरिया, घोडा र खच्चडलाई बोकाएर तिल गाउँमा पुर्‍याइएको हो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर