२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

भोजपुरका दुर्गम भेगमा नि:शुल्क स्वास्थ्य शिविर 

G Motors
मध्यान्ह
२०८२ जेठ ७ गते ०८:४३
भोजपुरका दुर्गम भेगमा नि:शुल्क स्वास्थ्य शिविर 

भोजपुर : दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यले भोजपुरको सिक्रेटारमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

कानका रोगीको सङ्ख्या बढ्दै गएपछि त्यहाँ कान तथा अपांगतासम्बन्धी शिविर सञ्चालन भएको हो । शिविरमा बिरामीको पहिचानसँगै नि:शुल्क उपचारका साथै  औषधि पनि वितरण गरिएको छ ।

अरुण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रुपक मगरका अनुसार गाउँपालिकाको अन्य वडामा पनि शिविर सञ्चालन भएका छन् । नि:शुल्क सेवा पाउँदा खुसी लागेको अरुण गाउँपालिका-७ का स्थानीय जगत श्रेष्ठले बताए । “भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा लिन सकेका थिएनौँ, नि:शुल्क स्वास्थ्य शिविरमार्फत उपचार गर्न पायौँ”, उनले भने । 

वडाकोको समन्वयमा गोर्खा वायलफेर ट्रष्टले शिविर सञ्चालन गरेको हो । वडाले नागरिकको स्वास्थ्य बिमाबापत वार्षिक रु. तीन हजार ५०० मध्ये रु दुई हजार ५०० वडाले र बाँकी रु. एक हजार नागरिक स्वयंले व्यहोर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए । 

ADV

सम्बन्धित खबर

Advertise