२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

‘स्वदेशी उत्पादनको प्रयोग गरेर आयातमुखी अर्थतन्त्र नियन्त्रण गरौं’

मध्यान्ह
२०८२ जेठ ६ गते २१:२१
‘स्वदेशी उत्पादनको प्रयोग गरेर आयातमुखी अर्थतन्त्र नियन्त्रण गरौं’

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनको प्रयोग बढाएर आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । 

‘कालोपत्रे होइन सेतो पत्रे गरौं’ भन्ने नारासाथ सिमेन्ट उत्पादक संघले आयोजना गरेको  ‘सिमेन्ट कन्क्लेभ’ कार्यक्रममा उनले  स्वदेशी उत्पादन वृद्धिले अर्थतन्त्रलाई सही दिशामा लैजान र आयातलाई घटाउन सकिने धारणा राखेका हुन् । 

सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा लागतका हिसाबले सामग्री आयात गर्नुभन्दा आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गरे यसले उत्पादनलाई पनि बढावा दिने सिंहको भनाइ छ । ‘आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न यसको उल्लेख्य भूमिका रहन्छ । त्यसैले यी पक्षलाई ध्यानमा राखेर काम गरौं,’ उपप्रधानमन्त्री सिंहले भने, ‘सिमेन्ट उत्पादनको कुरा गर्दा ४२ मिलियन मेट्रिक टन सिमेन्ट हामीले नेपालमा नै उत्पादन गर्ने गरेका छौं । सामानहरु आयात गर्नुभन्दा पनि आफ्नै देशमा उत्पादन भएको सिमेन्टलाई प्रयोग गर्दा उद्योगलाई पनि बढावा दिन सकिन्छ र आयातलाई पनि रोक्न सकिन्छ । यसतर्फ पनि ध्यान जानुपर्छ ।’

सिंहले नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोगले बाटोहरु गुणस्तरयुक्त हुने पनि बताए । सुरूमा सिमेन्टको लगानी धेरै भएपनि  सिमेन्टको प्रयोगले बाटोघाटो निर्माण गर्न सहज हुने र  लामो समय टिक्ने भएको हुनाले यसको प्रयोग राम्रो हुने उनको भनाइ थियो ।

ADV

सम्बन्धित खबर