काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा समस्या आएपछि सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री ओली अस्वस्थ भएकाले प्रश्नोत्तरको कार्यसूची हटाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो ।
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।