२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

अफ्रिकन स्वाइन फिभरका कारण ३६ बंगुरको मृत्यु

मध्यान्ह
२०८२ जेठ ६ गते ०८:२५
अफ्रिकन स्वाइन फिभरका कारण ३६ बंगुरको मृत्यु

सुनसरी : बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बंगुरको मृत्यु भएको छ । 

स्थानीयले व्यावसायिक रूपमा पालेका बंगुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिए ।

बराहक्षेत्र-१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बंगुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ । त्यसैगरी बराह बंगुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बंगुरको मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ ।

बराह क्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बंगुरको मृत्यु हुनुका साथै ५७ वटामा अझै सङ्क्रमण डा. महतोले बताए । यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा सङ्क्रमण देखिएको थियो ।

बाह्र लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ सुनसरीको बर्जु गाउँपालिकामा रहेको इष्टर्न सुगर मिल्सले एक वर्षमा १२ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरेको छ । 

चालु आर्थिक वर्षमा बीउबाहेक १२ लाख ८० हजार ६३८ दशमलव ४९ क्विन्टल उखु क्रसिङ भएको महाप्रबन्धक पवनकुमार झाले जानकारी दिए । सबैभन्दा बढी बर्जु गाउँपालिकाबाट आएको उखु क्रसिङ भएको छ भने सबैभन्दा कम रामधुनी नगरपालिकाबाट भएको उनले बताए ।

बर्जु गाउँपालिकाबाट छ लाख ६९ हजार ५८७ दशमलव पाँच र रामधुनी नगरपालिकाबाट एक हजार १० दशमलव ३३ क्विन्टल उखु क्रसिङ भएको झाले उल्लेख गरे। उनका अनुसार जिल्लामा चार हजार ६९३ दशमलव ७१ बिघामा उखु खेती हुँदै आएको छ ।

ADV

सम्बन्धित खबर