झापा : दमक नगरपालिकाका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ ।
दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको आज बिहान ९:५५ बजे आफ्नै निवासमा निधन भएको हो । उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए। विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा ९एमाले०बाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।
पछिल्लो समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए । उनको आज नै अन्त्येष्टि गरिने जनाइएको छ ।
पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेका छन्। उनले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा पुर्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरेका छन् ।