२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

मध्यान्ह
२०८२ जेठ २ गते १७:४७
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापाका सर्भेक्षक सुवासचन्द्र यादवका सन्दर्भमा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु एक लाख २५ हजार बराबरको घुस लिँदै गरेका अवस्थामा आयोगको टोलीले यादवलाई पक्राउ गरेको थियो ।

सो मुद्दामा विशेष अदालतले २०८१ वैशाख २१ गते फैसला गरेको थियो । उक्त फैसला कानुन सम्मत  नभएको दाबी गर्दै आयोगले आज सर्वोच्चमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 

ADV

सम्बन्धित खबर