काठमाडौँ : काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा आगलागी भएको छ । मखन टोलको महादेव चोकमा रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिग भई आगलागी भएको हो ।
आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
काठमाडौँ महानगर र ललितपुर महानगरकाको दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।
स्थानीय बासिन्दाका अनुसार बिहान करिब ७ बजेतिर सुरु भएको आगोले आसपासका घरहरूलाई समेत क्षति पुर्याएकाे छ । आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।