२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान

मध्यान्ह
२०८२ वैशाख २८ गते २०:४९
सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान

काठमाडौं : नेपालका अक्षतराज पौडेलले सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान कायम गरेका छन् । 

एशिया बुक अफ रेकर्डसका अनुसार मोरङ स्थायी घर भएका पौडेलले तीन वर्षको उमेरमा तीन मिनेट छ सेकेण्डसम्म मादल बजाई कीर्तिमान बनाएका हुन् । पौडेलले नेपालको सदावहार ‘लेकाली हो चोया को डोको.....’ बोलको लोकगीतमा हार्मोनियमसँग लय मिलाउँदै मादल बजाएका थिए । 

यसैलाई आधारमा मानी एशिया बुक अफ रेकर्डसले उनको नाममा कीर्तिमान कायम भएको प्रमाणित गरेको हो । बालक पौडेलसँग अन्य प्रायस सबै गीतको लयमा समेत मादल बजाउन सक्ने क्षमता रहेको छ ।

पौडेलको जन्म सन् २०२२ मार्च २५ मा भएको थियो । अक्षतका बुबा अनिल तथा आमा इन्दिराले छोराको कीर्तिमानबाट आफूहरू मात्र नभइ मुलुक नै गौरवान्वित भएको महसुस भएको बताएका छन् । पौडेल परिवार हाल राजधानीको कागेश्वरी मनहरामा बस्दै आएको छ ।

ADV

सम्बन्धित खबर