२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालन

कुलेन्द्र शाही
२०८२ वैशाख २८ गते १९:४९
कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालन

सुर्खेत : कर्णाली प्रदेशमा बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आइतबार केन्द्रको औपचारिक उद्घाटन गरेका हुन् ।

बालबालिकाको खोजतलासका लागि सहयोग पुग्ने उद्देश्यले आश्रयस्थलको रूपमा केन्द्र सञ्चालन गरिएको मन्त्री भण्डारीले जानकारी दिए । 

कर्णाली प्रदेशमा बालबालिकाको खोजतलासका लागि टोलफ्रि नम्बर १०४ मा सम्पर्क गरी समस्या टिपाउन सकिनेछ । 

खोजतलास समन्वय केन्द्रमा प्रहरी र नेपाल टेलिकमको सहकार्य रहेको छ भने सामाजिक विकास मन्त्रालय अर्न्तगत सञ्चालनमा रहने मन्त्री भण्डारीले जानकारी दिए । 

बालबालिकाको संरक्षण र सम्वर्द्धनमा टेवा पुग्ने मन्त्री भण्डारीले विशवास व्यक्त गर्दै आगामी दिनहरूमा थप व्यवस्थित रूपले सञ्चालन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर