२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

युवा सम्मेलन सुरू

मध्यान्ह
२०८२ वैशाख २८ गते १८:०७
युवा सम्मेलन सुरू

हेटौँडा : हेटौँडामा ३ दिने युवा सम्मेलन सुरू भएको छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा आइतबारबाट सम्मेलन सुरू भएको हो । 

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले सम्मेलनको उद्घाटन गरे । सम्मेलन मङ्गलबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा शिक्षा, सीप तथा नीतिगत संवाद हुनेछ । 

सम्मेलनमा डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा, सिप, सृजना, दिगो विकासमा जलवायु परिवर्तन, युवामा सीपमूलक तालिमको आवश्यकता, प्राथमिकता, नीति नेतृत्व र युवा संलग्नता, मुख्यमन्त्रीसँग युवा विषयक छलफल गरिने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए ।

सम्मेलनमा युवा पुस्ताको सफलताको कथा प्रस्तुत गरिने उनले बताए । सम्मेलनमा देशका सातै प्रदेशका युवाको समेत सहभागिता छ । अनलाइनमार्फत आवेदन दिएका प्रदेशभित्रका युवा, बागमती प्रदेशका ११९ वटै पालिकालाई १÷१, जना सहभागी पठाउन आग्रह बमोजिम सिफारिस भएका युवा र ७ प्रदेशका प्रदेश युवा परिषद् वा सामाजिक विकास मन्त्रालयको सिफारिसमा युवाको सहभागिता रहेको छ । 

युवाहरूलाई युवालाई नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्य रहेको चौलागाईले बताए । युवा सम्मेलन सुरू हुनु अगाडि हेटौँडाको बुद्धचोकबाट खैजेडी भजन, झाँकी सहितको ¥याली निकालिएको थियो । 

सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले युवाहरूका मुद्दा समेट्न नसक्ने नेतृत्वले विकास र समृद्धिको दिशा निर्देश गर्न नसक्ने बताए ।

मुख्यमन्त्री लामाले देश निर्माण तथा संघीय संरचना संस्थागत गर्न युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले देश विकाससँगै सुशासनका लागि नीति निर्माण तहमा युवाहरूको उपस्थिति बलियो बनाउनुपर्नेमा जोड दिए ।

प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले युवाको परिभाषा उमेरले नभई सक्रियता र गतिशीलताका आधारमा निर्धारण हुने बताए । युवाहरूमा रचनात्मक र सकारात्मक सोच हुन जरुरी रहेको उनले बताए । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर