२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

मध्यान्ह
२०८२ वैशाख २८ गते १५:५७
नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

काठमाडौं : सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित गरेको हो ।

गत १९ वैशाखमा बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा २२ वैशाखदेखि सुरु भएको छलफल शुक्रबार सकिएको थियो ।

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमाथि आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले सांसदहरूले दिएका सुझावहरू समेटेर आगामी आर्थिक वर्षको बजेट बनाउने प्रतिबद्धता जनाएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर