२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

‘टिपर’ दुर्घटनामा चालकको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ वैशाख २८ गते ०८:१०
‘टिपर’ दुर्घटनामा चालकको मृत्यु

काभ्रेपलाञ्चोक : मण्डनदेउपुर नगरपालिका-७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लोड गरी पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको टिपर उकालोमा ब्याक भई अनियन्त्रित हुँदा टिपर करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्य गढी गाउँपालिका-७ का ४७ वर्षीय लव कुश अधिकारीको मृत्यु भएको हो ।

यसअघि गत चैत ३१ गते मण्डनदेउपुर-२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र बालुवा अनलोड गर्न टिपर ब्याक गर्ने क्रममा बा२क ३४६४ नम्बरको टिपर डिलबाट सात मिटर तल खसेर दुर्घटना हुँदा ३१ वर्षीय चालक विनोद घोरासैनीको च्यापिएर मृत्यु भएको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise