२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

उपसभामुख राना ६ दिने बंगालादेश भ्रमणमा

मध्यान्ह
२०८२ वैशाख २७ गते १५:५०
उपसभामुख राना ६ दिने बंगालादेश भ्रमणमा

काठमाडौँ : प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर ६ दिने भ्रमणका लागि शनिबार बिहान बंगालादेश प्रस्थान गरेकी छन् ।

बंगालादेशको राजधानी ढाकामा हुने पत्रकार महिलाको सम्मेलनमा सहभागिताका लागि उपसभामुख राना बंगालादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन् ।

इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद् सँगको सहकार्यमा वैशाख २८ मा आयोजना गरेको कार्यक्रममा उनले प्रमुख बक्ताको रूपमा सम्बोधन गर्नेछिन् ।

उनले कार्यक्रममा पछिल्लो समयमा मिडियाका क्षेत्रका देखि साझा समस्या र चुनौती, सामाजिक तथा सांस्कृतिक दृष्टिकोण र दक्षिण एसियाभर जिम्मेवार पत्रकारितामा महिलाको निर्णायक भूमिकामा केन्द्रित रहेर संवोधन गर्ने कार्यक्रम छ । कार्यक्रम सकेपछि उपसभामुख राना जेठ १ गते स्वदेश फर्कने छिन्।  

ADV

सम्बन्धित खबर