२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

निर्माणाधीन पुल भाँचियो

मध्यान्ह
२०८२ वैशाख २७ गते १५:४७
निर्माणाधीन पुल भाँचियो

रामेछाप : रामेछापको मन्थली नगरपालिका–६ र ७ जोड्ने तामाकोशी नदी माथिको ठेडिखोला पुल भाँचिएको छ ।

निर्माणको अन्तिम चरणमा रहेको ५४ मिटर लामो अन्तिम स्पानको ढलान सकिएको केही दिनमै उक्तपुल भाँचिएको हो । भाँचिएको भाग पनि त्यही अन्तिम स्पान नै हो ।

संघीय सरकारको सडक विभागको पुल महाशाखाले पुल निर्माण गरेको हो । २३० मिटर लामो र ११ मिटर चौडा सो पुल निर्माण अन्तिम चरणमा थियो । असारमसान्त २०८२ सम्म पुलबाट सवारी आवागमन खुलाइने तयारी निर्माण कम्पनीले गरेको थियो ।

कुल ४ स्पान भएको उक्त पुल निर्माणका लागि २२ करोड ५५ लाख ४० हजारमा ठेक्का सम्झौता भएको थियो ।
पुल भाँचिनुको कारण खुलेको छैन । निर्माण व्यवसायीले तत्कालै साइटमा विज्ञ टोली ल्याएर पुल क्षति सम्बन्धमा प्राविधिक जाँच गराउने तयारी गरेको छ । 

ADV

सम्बन्धित खबर