२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए शपथ

मध्यान्ह
२०८२ वैशाख २७ गते १४:४०
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए शपथ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा.डा. रमेशकुमार ढुङ्गेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले शपथ लिएका हुन् ।

नयाँ कानुनी व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुङ्गेललाई र कुलपति ढुङ्गेलले रजिष्ट्रार चेम्जोङलाई शपथ गराएका हुन् । त्यस अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलगायत उपस्थित थिए । 

ADV

सम्बन्धित खबर