२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

आमराष्ट्रवादीको सपना सफल भयो : कमल थापा

मध्यान्ह
२०८२ वैशाख २५ गते १६:२४
आमराष्ट्रवादीको सपना सफल भयो : कमल थापा

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कसैले चाहेर पनि अब राजावादीहरुको एकता नटुट्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन र कमजोर बनाउन नसक्ने बताउँदै आफूहरु एकतावद्ध भएर अगाडि बढेको दाबी गरेका हुन् ।

उनले आफूहरुले आयोजना गर्न लागेको आन्दोलन शान्तिपूर्ण हुने बताउँदै जेठ १५ गते काठामाडौंमा लाखौंको संख्यामा जनता उपस्थित भएर प्रदर्शन गर्ने दाबीसमेत गरे । साथै उनले स्वतः स्फुर्तरुपमा जिल्ला, पालिका, वडा र टोलटोलमा राजसंस्था पुनःस्थापना समिति गठन गर्न र जनता परिचालन गर्न आग्रह समेत गरे । गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रुपमा व्याख्या गर्दै अध्यक्ष थापाले अब राष्ट्रवादी नेपालीको चिन्ताको अन्त्य भएको दाबी गरे । उनले लामो समयदेखि नेपाली जनताको गुनासो रहँदै आएको कुरा आजदेखि पूरा भएको स्पष्ट पारे ।

उनले भने, ‘मेरो निमित्त आजको दिन अत्यन्तै हर्ष र गौरवको दिन हो । लामो समयदेखि नेपाली जनताको गुनासो रहँदै आएको तपाईंहरुले उठाएको विचार हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डा राम्रो छ । तर, तपाइहरु आफैँ विभाजित हुनुहुन्छ । एक ठाउँमा आउन सक्नुहुन्न भन्ने गुनासो आम राष्ट्रवादी नेपालीहरुको थियो । त्यो सबै गुनासोलाई सम्बोधन गर्दै, आम राष्ट्रवादीको चिन्ताको अन्त्य गर्दै आज हामी सबै राजावादीहरु, हिन्दुवादीहरु, प्रजातन्त्रवादीहरु एक ठाउँमा एकजुट भएर उभिएका छौं । केबल एकपटक भाषण गर्नका निमित्तमात्रै हामी अहिले एउटा मन्चमा उभिएका होइनौं । हामी यही मञ्चबाट सम्पूर्ण राष्ट्रवादी नेपालीहरुलाई आग्रह गर्न चाहन्छौं हिन्दु राष्ट्र र राजतन्त्रको एजेण्डा स्थापित नभएसम्म आन्दोलन गरिरहने संकल्पका साथ एक ठाउँमा भेला भएका छौं ।’

उनले राजावादीहरुको एकता अब कसैले चाहेर टुटाउन नसक्ने दाबी गरे ।
 

ADV

सम्बन्धित खबर