२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

विश्व स्मृति एवं मेलमिलाप दिवस मनाइँदै

मध्यान्ह
२०८२ वैशाख २५ गते १०:२१
विश्व स्मृति एवं मेलमिलाप दिवस मनाइँदै

काठमाडौँ  : आज विश्व स्मृति एवं मेलमिलाप दिवस हो । 

संयुक्त राष्ट्रसंघको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रूपमा सन् २००४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । 

राष्ट्रसंघीय महासभाले मे ८ र ९ तारिखमा यो दिवस मनाउन विश्वका सबै देशहरूलाई आह्वान गरेअनुरूप विभिन्न राष्ट्रसंघीय निकाय, गैरसरकारी संस्था तथा व्यक्तिले समाज र देशका निम्ति योगदान आफ्ना अग्रज एवं दोस्रो विश्वयुद्धका सबै पीडितहरूको स्मरण तथा उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेर स्मृति दिवस मनाउँदै आएका छन् । न्युयोर्कस्थित राष्ट्रसंघय मुख्यालयमा आज विशेष स्मृति सभा हुँदैछ । 

ADV

ताजा खबर

सम्बन्धित खबर