२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

एनआरएनए साउदीअरबद्वारा विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर सहयोग

मध्यान्ह
२०८२ वैशाख २५ गते ०७:२४
एनआरएनए साउदीअरबद्वारा विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीअरबले आफ्नो "एक एनसीसी, एक परियोजना" अभियान अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको चौँरीदेउराली गाउँपालिका–२, नाग्रेमा रहेको टासी बाल विकास आधारभूत विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । संघका उपाध्यक्ष श्री मनिष कोईरालाको संयोजकत्वमा रहेको परोपकारी समितिले विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई सहज बनाउने उद्देश्यले यी सामग्रीहरू प्रदान गरेको हो ।

२०८१ साल वैशाख २४ गते संघका सचिव श्री धुर्वराज कटुवाल र क्षेत्रीय समन्वय समिति, अलकासिमका युवा संयोजक श्री समिर केसीले विद्यालयमै पुगेर विद्यालय प्रशासन र व्यवस्थापन समितिका पदाधिकारीहरूलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

दुर्गम क्षेत्रमा अवस्थित भए पनि परियोजना सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने परोपकारी समिति, सचिव श्री धुर्वराज कटुवाल र युवा संयोजक श्री समिर केसीलाई एनआरएनए साउदीअरबले धन्यवाद ज्ञापन गरेको छ । यस सहयोगले स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

ADV

सम्बन्धित खबर