२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

पहुँचका आधारमा बजेट विनियोजन नगरियोस्ः एनपी साउद

मध्यान्ह
२०८२ वैशाख २४ गते १३:५६
पहुँचका आधारमा बजेट विनियोजन नगरियोस्ः एनपी साउद

काठमाडौंः नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले भनसुन र पहुँचका आधारमा नभई आवश्यकता बजेट वितरण गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद साउँदले यस्तो बताएका हुन् ।

उनले विगतमा भनसुन र व्यक्तिगत पहुँचका आधारमा एउटै क्षेत्रमा बजेट खन्याउने दृष्टान्त रहेको उल्लेख यस्ता कार्य दोहोरिन नदिन सरकारसँग आग्रह गरे । मुलुकको सन्तुलित विकास हुनेगरी बजेट विनियोजन गर्नुपर्ने धारणा राखे । साँउदले योजना निर्माणमा स्थानीय, प्रदेश र संघ सरकारबीच सहकार्य नहुँदा योजना दोहोरिने भएको कारण सचेत हुन आवश्यक रहेको समेत बताए ।

उनले भने, ‘केही नेता र मान्छेहरुले भनसुनको आधारमा आफ्नो क्षेत्रमा बजेट लगेका दृष्टान्तरु छन् । अब त्यसको पुनरावृत्ति नहोस् । र त्यसको ठाउँमा योजनाहरुमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको गरेर योजनाहरु दोहोरिने स्थिति पनि नहोस् । मुलुकको सन्तुलित विकास होस् । १६५ क्षेत्र, हिमाल, पहाड, तराई सबै ठाउँका जनताका आकांक्षहरु परिपूर्ति गर्ने दिशातिर सरकार जाओस् । म सरकारसँग आग्रह गर्न चाहन्छु ।’

उनले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनेगरी बजेट ल्याउनुपर्नेमा जोड दिए । 

ADV

सम्बन्धित खबर