२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

जनताले काम खोजेका छन्, भागबण्डा होइन : सांसद डाँगी

मध्यान्ह
२०८२ वैशाख २४ गते १२:२७
जनताले काम खोजेका छन्, भागबण्डा होइन : सांसद डाँगी

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले मेरिटोक्रेसीको सिद्धान्तअनुसार नियुक्ति गर्नुपर्ने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले लामो समय खर्च गरेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद डाँगीले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले ढिलाइ गरेको भन्दै आपत्ति जनाएकी हुन् ।

बर्खायाम सुरु भइसकेको र राजधानी जोड्ने सडकहरू असुरक्षित रहेको अवस्थामा सरकार जनसुरक्षा, पूर्वाधार र सेवा प्रवाहमा नभई पद बाँडफाँटमा अल्झिएको आरोप समेत लगाइन्। सरकालाई भागबण्डाको हावादारी कुरामा समय खर्च नगर्न उनको सुझाव छ । उनले जनताले भागबण्डाको सौदाबाजी नभई उल्लेख गरिन् ।

उनले भनिन्, ‘सरकारले गभर्नर नियुक्त गर्न लामो समय खर्च गरेको देखिन्छ । मेरिटोक्रेसीको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ । र सरकारको समय यस्तो हावादारी कुरामा खर्च नगर्न सुझाव समेत दिन चाहन्छु । किनभने बर्खायाम शुरु भइसकेको छ । राजधानी जोड्ने सडकहरु असुरक्षित छन् । लाखौं नागरिक जोखिम उठाउँदै यात्रा गर्न बाध्य छन् । सरकारले यतातिर समय खर्च गरोस् । १० महिना भइसक्यो सरकार कहिले कार्यकारी निर्देशक त कहिले गभर्नरको विषयमा अड्किरहेको छ । अहिले जनताले काम खोजेका छन् । भागबण्डा गरेर कसलाई कुन पद दिने भन्ने विषय खोजेका छैनन् ।’

सरकारले भागबण्डा नमिलेका कारण गभर्नर नियुक्तिमा ढिलाई गरेको प्रतिपक्षीले आरोप लगाउँदै आएका छन् । 

ADV

सम्बन्धित खबर