२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्छः मन्त्री पौडेल

मध्यान्ह
२०८२ वैशाख २४ गते ११:२३
जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्छः मन्त्री पौडेल

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले केही समय लाग्नसक्ने तर अन्ततः नेतृत्व नयाँ पुस्तामै जाने बतए । उनले मुलुकमा थुप्रै कामहरु गर्न बाँकी रहेको बताए । उनले धेरै गर्नुपर्नेछ सकिँदैन भन्ने सोच राखेर पलायन हुनु भन्दा अरुले गरेनन् म गर्छु भन्ने भावनासहित अघि बढ्न आवश्यक रहेको बताए । उनले समस्या सबैलाई थाहा भएपनि त्यसको समाधान पहिचान गर्न नसकेको बताए । उनले त्यसैले अबको युवा पुस्ताले समस्या र त्यसको समाधानसहित राजनीतिमा आउनुपर्ने उल्लेख गरे ।

मन्त्री पौडेलले भने, ‘यो मुलुकमा थुप्रै विषयहरु छन् । धेरै गर्नुपर्नेछ । अब धेरै गर्नुपर्नेछ, यो गर्न सकिँदैन भनेर पलायन हुने हो की,अरुले गर्न सकेनन्, म गर्दछु भनेर अग्रसरता देखाउने हो ? त्यसैले समस्या हामी सबैलाई थाहा छ । तर समाधान कसैलाई पनि थाहा छैन की जस्तो छ । त्यसैले समाधान दिनेगरी नेतृत्वमा आउने कोशिस गर्नुस् । त्यसको निम्ति अनुरोध गर्न चाहन्छु । जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ । केही समय लाग्नसक्छ । अफ्ठ्याराहरु हुनसक्छन् । अन्ततः नेतृत्व नयाँ विषयहरु ल्याउनेहरुकै पक्षमा जान्छ । नयाँ विषय ल्याउनेहरुकै आकर्षण बढेर जान्छ । तर म उमेरले कान्छो हुँ, मैले नेतृत्व पाउनुपर्छ भनेर प्राप्त हुँदैन ।’

मन्त्री पौडेलले विद्यार्थी संगठनहरुबीचमा एकता कायम गरेर अघि बढ्न सक्नुपर्ने बताए । साझा मुद्दा पहिचान गरेर त्यस आधारमा अघि अघि बढ्नसक्ने स्थिति भए विद्यार्थी आन्दोलनले अहिले पनि राज्यमाथि हस्तक्षेप गर्नसक्ने बताए । 

ADV

सम्बन्धित खबर