२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो

मध्यान्ह
२०८२ वैशाख २४ गते ०९:४८
कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो

सिरहा : पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर-कमला सडक विस्तारका क्रममा लहान चोकमा ‘ओभर पास’ निर्माणको सुरु भएको छ । ‘चाइना रेलवे-२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभर पास’ निर्माण थालेको हो ।

सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर लम्बाइमध्ये पश्चिम (सिरहा) खण्ड बलानबाट कमलासम्म ४७ किलोमिटर खण्डाको ६२ प्रतिशत काम पूरा भएको छ । लहान चोकमा रहेको सहिद स्मारक हटाएसँगै  ‘ओभर पास’ निर्माण थालिएको हो । 

कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिराहा)का सूचना अधिकारी सरोज कोइरालाका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसारका ३२ मिटर चौडा दुई ओभर पास निर्माण हुने छन् । मिर्चैयाको चोकमा पनि ‘ओभर पास’ निर्माण प्रारम्भ भएको छ । यो सडक खण्डमा पाँच वटा ‘अण्डरपास’ निर्माण हुने छन् । लहानमा अण्डरपास पनि धमाधम बन्दै छन् । 

आयोजनाको कुल लागत रु. १५ अर्ब ६६ करोड ४४ हजार ९८३ छ । पूर्वीखण्ड-सप्तरीको कञ्चनपुरबाट कुशहासम्मको ३९ किलोमिटर स्तरोन्नति गर्न रु. सात अर्ब २७ करोडमा ठेक्का लागेको छ  । यस खण्डमा करिब ६० प्रतिशत भौतिक प्रगति भएको जानकारी उनले दिए । 

ADV

सम्बन्धित खबर