काठमाडौँ : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडी र अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।
आज रात भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्यांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भू-भागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।