२०८२ वैशाख २४ गते बुधवार / May 07 , 2025 , Wednesday
२०८२ वैशाख २४ गते बुधवार
Ads

तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

मध्यान्ह
२०८२ वैशाख २४ गते ०७:०१
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

काठमाडौँ : मानव सेवा आश्रमको सहकार्यमा मंगलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियानअन्तर्गत यो पहिलो ऐतिहासिक घोषणा भएको जनाइएको छ । यस वर्षभित्र स्थानीय तह हुँदै सबै प्रदेश र मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

प्रदेश सरकारका मन्त्री,  तिलोत्तमा नगरपालिकाका प्रमुख, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला सरकारी निकायहरूको उपस्थितिमा तिलोत्तमा नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएको हो । घोषणासँगै अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त  र अनाथ भई बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

त्यस क्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले घोषणापत्र पढेर सुनाउनु भएपछि उक्त घोषणा पत्र मानव सेवा आश्रमका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गरेका थिए । मानव सेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडक आश्रित मानवहरूका लागि उपचार र उपचारपछि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्थापन गर्दै आएको जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर