२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

अफिमसहित २ जना पक्राउ

सन्तोष पौडेल
२०८२ वैशाख २२ गते २१:०१
अफिमसहित २ जना पक्राउ

बर्दिया : बर्दिया प्रहरीले २१ किलो ५६७ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । जाजरकोट जिल्ला नलगाड नगरपालिका–७ का ३७ वर्षीय भक्तबहादुर शाही र चितवन जिल्ला राप्ती नगरपालिका–११ आरापानीका २७ वर्षीय कुमार वाईबालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू लु.८०प.१४६७ नम्बरको मोटरसाइकलमा जाजरकोटदेखि नेपालगन्जतर्फ आउँदै गर्दा बाँसगढी नगरपालिका–१ चेपाङबाट पक्राउ परेका हुन् । 

चेपाङस्थित प्रहरी चेकिङ टोलीले रत्नराज मार्गको सडक खण्डमा चेकजाँच गर्ने क्रममा जेब्रा झोलाभित्र कालो भिर्ने झोलामा २२ वटा पोका बनाइ राखेको अफिम फेला परेको थियो । 

आइतबार बेलुका पक्राउ गरेको उनीहरूलाई जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी चक्रबहादुर डमरपालले जानकारी दिए । 

ADV

सम्बन्धित खबर