२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

उदयपुरमा ३ घर जलेर नष्ट

बिन्द्र राई
२०८१ चैत ५ गते २१:२८
उदयपुरमा ३ घर जलेर नष्ट

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकामा मंगलबार ३ घर जलेर नष्ट भएको छ । नगरपालिकाको वडा नम्बर ७ कल्याण चोकमा लागेको भीषण आगोले ३ घर पूर्ण रुपमा जल्नुका साथै लाखौंको क्षति पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार स्थानीय सरन राईको घरमा विद्युत् सर्ट भइ आगलागी भएको हो । 

सरनको घरबाट सुरु भएको आगो स्थानीय कालुमान राई र सर्वधन राईको घर पूर्णरुपले जलेर नष्ट भएको छ । सिमेन्ट, काठ र टिनले बनेको दुई तले, तीन वटा घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

आगलागी बाट घर पूर्णतः जलेर नष्ट भएको छ भने घर भित्रका सर–सामान समेत निकाल्न नसकिएको स्थानीयले बताएका छन् ।

चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, सप्तरी जिल्लास्थित कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय, नेपाल प्रहरी सशस्त्र प्रहरी, नगर प्रहरीले आगो नियन्त्रण लिएको थियो ।

ADV

सम्बन्धित खबर