रौतहट : रौतहट फतुवा बिजयपुर नगरपालिका–२ शीतलपुरमा रहेको दलित प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ड्रेस वितरण गरिएको छ । सोमबार एक कार्यक्रमबीच उक्त विद्यालयमा अध्ययनरत एक सय ८० जना विद्यार्थीलाई ७९/८० र ८०/८१ को छात्रवृत्तिबाट स्कुल ड्रेस वितरण गरिएको प्रधानाध्यापक राजेन्द्र हजराले बताए ।
विद्यार्थीहरुलाई नियमित विद्यालयमा आउन र पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले स्कुल ड्रेस वितरण गरिएको शिक्षक सत्यदेव ठाकुरले बताए ।
स्कुल ड्रेस वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष अनिरुद्व यादव संजयले आफूहरुले स्थानीय निर्वाचनमा स्वास्थ्य शिक्षा रोजगारलाई पहिलो प्राथमिकता राखेकाले उक्त शैक्षिक सुधारको एक अंश भएको र विद्यार्थीहरुलाई शिक्षामा टेवा पुगोस् भन्ने उद्देश्यले स्कुल ड्रेस वितरण गरिएको बताए । कार्यक्रममा शिक्षक सियाराम यादव, अभिभावक ब्रम्ह्देव यादव, जगदीश यादव, राजेन्द्र तिवारी लगायतको उपस्थिति रहेको थियो ।