२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

‘सहकारी ठगी गर्ने जुनसुकैलाई कडा कारबाही गर्नुपर्छ’

Nada
राहुल गुप्ता
२०८१ कार्तिक २८ गते २०:३९
Shares
‘सहकारी ठगी गर्ने जुनसुकैलाई कडा कारबाही गर्नुपर्छ’

वीरगञ्ज : नेपाली कांग्रेसका युवा नेता भूपेन्द्र जङ शाहीले खोरमा ठूलो स्वरमा कराउँदैमा स्याल बाघ नहुने भन्दै कटाक्ष गरेका छन् । 

हाल सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इङ्गित गर्दै उनले सो कुरा बताएका हुन् ।

लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा लगेर सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । पहिलो दिनको बयान सकेर निस्कने क्रममा लामिछानेले बाघलाई खोरमा थुन्दैमा स्याल नहुने बताएका थिए । ‘बाघलाई खोरमा थुन्दैमा स्याल हुँदैन’, समर्थकलाई हात हल्लाउँदै लामिछानेले भने ।

पर्साको वीरगन्जमा आयोजित युवा संकल्प यात्राको कार्यक्रममा बोल्दै शाहीले सहकारीको रकम अपचलन गर्नेहरू जनतालाई भ्रमित पार्ने गतिविधि गर्दै न्यायालयलाई समेत प्रभावित पार्ने किसिममा गतिविधिमा संलग्न रहेको आरोप लगाए । 

उनले भने, ‘खोरमा बसेर बाघ र स्यालको कुरा । एउटा कुरा रवि, छवि जो सुकै हुन्, सहकारी ठग्ने जुनसुकै दलका हुन्, उनीहरूलाई कडा कारबाही हुनुपर्छ । हाम्रो कुरा त्यो हो । खोरमा ठूलो स्वरमा कराउँदैमा स्याल बाघ हुन सक्दैन ।’

युवा संकल्प यात्रा अभियान मा नेपाली कांग्रेसका नेता रन्जित कर्ण, भूपेन्द्रजंग शाही, प्रेमिका रानामगर, गायीका सुष्मा शाही ठकुरी, सुवन गिरी, सुरेश डंगोल लगायत युवा संकल्प यात्राका ४० जना यात्री रहेका छन् । थप कार्यक्रम निर्धारित कार्यतालिका अनुसार नै सञ्चालन हुने अभियानका यात्री नेवि संघ केन्द्रीय सदस्य विनोद शाही ठकुरीले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर