२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै काठमाडौँ

Nada
२०८३ कार्तिक १२ गते १२:५२
Shares
जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै काठमाडौँ

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा टस जितेको काठमाडौँले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

काठमाडौँका कप्तान करण केसीले वर्तमान पिच र खेलको परिस्थितिमा लक्ष्य पछ्याउनुभन्दा प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्नु सहज हुने विश्वासका साथ ब्याटिङ रोजेको बताएका छन् ।

काठमाडौँले आजको खेलसँगै यस सिजनको यात्रा सुरु गर्दैछ । यता, अघिल्लो खेलमा पराजित भएको जनकपुर बोल्ट्स भने पहिलो जितको खोजीमा मैदानमा उत्रिएको छ ।

जनकपुरको कप्तानी हर्मित सिंहले गरिरहेका छन् । आजको खेलमा जनकपुरले न्युजिल्यान्डका अलराउन्डर जिमी निसमलाई भने प्लेइङ–११ मा समावेश नगरी बेन्चमा राखेको छ। दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ ।

ताजा खबर

सम्बन्धित खबर