२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

काठमाडौंमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुने

Nada
२०८१ कार्तिक २६ गते २०:५०
Shares
काठमाडौंमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुने

काठमाडौं : नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२४’ कार्तिक २९ देखि मंसिर २ गतेसम्म हुने भएको छ ।

ncell

विद्युत तथा विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्र्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि फिन इलेक्ट्रो टेक काठमाडौंको भृकुटीमण्डप स्थित प्रर्दशनीहलमा आयोजना हुन गइरहेको छ ।

आम उपभोक्तालाई नविनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ यस वर्ष ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ को नारा लिएर ‘फिन इलेक्ट्रो टेक २०२४’ को आयोजना हुँदैछ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरुलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ  ।

‘फिन इलेक्ट्रो टेक २०२४’ को हल भित्र ४४ वटा ब्लकहरु, २८ स्टलहरु रहेको एक प्याभिलिएन रहेको छ र हल बाहिर २६ वटा स्टलहरु रहने छन् भने हल बाहिर गरी जम्मा ९८ वटा प्याभिलियन तथा स्टल हुनेछन् । जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरु, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।

चार दिनसम्म चल्ने प्रर्दशनीमा देश भित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्चर, इलेक्ट्रीकल इन्जीनियर, इन्टेरियर डेकोरेटर, प्राविधिककर्मीको सहभागिता रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर