२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

फुडमाण्डुको १४औं वार्षिकोत्सव, फुडमाण्डु वानमार्टको शुभारम्भ

Nada
२०८१ कार्तिक २६ गते २०:४४
Shares
फुडमाण्डुको १४औं वार्षिकोत्सव, फुडमाण्डु वानमार्टको शुभारम्भ

काठमाडौं : नेपालकै पहिलो र फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १४औं वार्षिकोत्सव मनाउँदै फुडमाण्डु वानमार्ट सार्वजनिक गरेको छ । सन् २०१० मा स्थापना भएदेखि फुडमाण्डुले अनलाइन फुड डेलिभरी सेवा शुरु गरेर ग्राहकलाई रेस्टुरेन्टको खाना घरमा पु¥याउने सेवा प्रदान गर्दै आएको छ । अहिले फुडमाण्डु काठमाडौं, पोखरा र चितवनमा रुपमा स्थापित भइसकेको छ । 

ncell

फुडमाण्डु वानमार्टको सुरुवातसँगै अब फुडमाण्डुले ग्राहकहरुलाई ग्रोसरी लगायत दैनिक आवश्यक वस्तुहरु पनि घरमै डेलिभरी गर्ने जनाएको छ । अब ग्राहकहरुले फुडमाण्डु एपबाट ७ सय भन्दा बढी उच्च गुणस्तरीय वस्तुहरुको तुरुन्तै र भरपर्दो डेलिभरी पाउनेछन् । हालको लागि यो सेवा गैरीधाराबाट ३ किलोमिटरको दायरा भित्र पर्ने महाराजगन्ज, धुम्बाराही, बालुवाटार र मैतीदेवी जस्ता क्षेत्रहरुमा उपलब्ध छ भने छिटै नै यो सेवा काठमाडौं उपत्यकाभरी विस्तार गरिने कम्पनीले जनाएको छ ।

फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले यस अवसरमा बोल्दै भने, ‘फुडमाण्डुले ग्राहकवर्गको आवश्यकताअनुसार सेवालाई विकास गर्दै आएको छ । फुडमाण्डु वानमार्टको माध्यमबाट हामी ग्राहकलाई दैनिक आवश्यक पर्ने हरेक दिनको किनमेललाई पनि मनपर्ने खाना अर्डर गरेजस्तै सहज बनाउन चाहन्छौं ।’

साथै १४औँ वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले ‘फ्यान्टास्टिक १४’ नामक सेल्स क्याम्पेनको सुरुवात गर्दै ७० प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ । यस क्याम्पेनमा ग्राहकहरुलाई फ्ल्याट डिस्काउन्ट, कम्बो अफर, बाई वान गेट वान डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज–फोर्टिन मेगाअफर र फोर्टिन्थ आवर सेल्स जस्ता आकर्षक अफरहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर