२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

मेक्सिकोको बारमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु

Nada
२०८१ कार्तिक २५ गते १४:४९
Shares
मेक्सिकोको बारमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु

काठमाडौंः मेक्सिकोको मध्य भागमा रहेको क्वेरेटारो सहरको एक बारमा शनिबार बन्दुकधारीले आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ। क्वेरेटारोको सार्वजनिक सुरक्षा विभागका प्रमुख जुआन लुइस फेरुस्काका अनुसार आक्रमणकारीले शहरको लस क्यान्टारिटोस बारभित्र गोली चलाएका थिए ।

ncell

उनले सामाजिक सञ्जालमा आक्रमणस्थलको एक भिडियो पोष्ट गर्दै भनेका छन्, ‘आपतकालिन सेवाहरू घटनास्थलमा पुगेका छन् र एउटा पिकअप ट्रकमा लामो हतियारले सुसज्जित कम्तीमा चार जना व्यक्ति आएको पुष्टि भएको छ । उनले भने, ‘आक्रमणबाट घटनास्थलमा १० जनाको मृत्यु भएको थियो भने कम्तीमा सात जना घाइते भएका थिए।’

फेरुस्काका अनुसार एक संदिग्धलाई नियन्त्रणमा लिइएको छ र आक्रमणमा प्रयोग गरिएको गाडी बेवारिसे अवस्थामा फेला परेको छ । क्वेरेटारोलाई बढ्दो हिंसा, यसको अधिकांश हिस्सा लागुऔषध तस्करी र गिरोहसँग जोडिएको मेक्सिकोको सुरक्षित शहरमध्ये एक मानिन्छ । मेक्सिकोमा सन् २००६ देखि अहिलेसम्म चार लाख ५० हजार मानिसको हत्या भएको छ । (एजेन्सी)

ताजा खबर

सम्बन्धित खबर