२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा साहित्य कार्यक्रम हुँदै

Nada
सुरेश भट्ट आश्रिन
२०८१ कार्तिक ८ गते २०:२६
Shares
उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा साहित्य कार्यक्रम हुँदै

देवदह : उज्यालो लाल्टिन प्रतिष्ठान  देवदहको आयोजनामा कात्तिक १० गते होटल सनलाइनटमा "उज्यालोमा श्रष्टा" नामक साहित्यिक कार्यक्रम हुने भएको छ ।

ncell

समजको पारर्दशिता, साहित्य र पत्रकारिता भन्ने मूल नारा लिएर स्थापना भएको नवयुगका युवाहरुको समूह उज्यालो लाल्टिन प्रतिष्ठानले सामाजिक रुपान्तरण, सामाजिक न्याय, समान सहभागिता र युवा जागरणका निमित्त उज्यालो अभियानलाई निरन्तरता दिने गरी कार्यक्रम तय गरिएको प्रतिष्ठानका सल्लाहकार सागर भट्टराईले जानकारी दिएका हुन् ।

यसअघि पनि दशैं, तिहार र छठको अवसरमा देउसी, भैलो कार्यक्रममार्फत जनचेनतामूलक र सेवामुखी कार्यक्रम गरी एम्बुलेन्स समाजका लागि हस्तान्तरण गरेको प्रतिष्ठानले यसपालिको तिहारलाई साहित्यमय बनाउँदै सामुदायिक विद्यालयमा जेहन्दार तथा विपन्न वर्ग लक्षित "उज्यालो  अक्षयकोष" स्थापना गर्ने हेतु उक्त साहित्यक कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानकि अध्यक्ष समज्ञा अधिकारी दिइन् ।

उक्त कार्यक्रममा सुनसरीबाट साहित्यकार भवानी नेपाल, कवि दीप मिलन- रूपन्देहीबाट, गजलकार आर सी संकल्प गोरखाबाट, राज यात्री लम्साल मोरङबाट, सरोज संगम- म्याग्दीबाट, ईन्धन डिबी भण्डारी गुल्मीबाट र पूजा जिज्ञासु पाल्पाबाट गरी ७ श्रष्टाका संयुक्त रचनावाचन कार्यक्रम हुने संयोजक सुरज भण्डारीले जानकारी दिए ।

देवदह नगरपालिकाको आर्थिक सहयोग अनुराग साहित्य समाज र युगिन साहित्य समाज देवहको समन्वयमा यति ब्रुअरी लिमिटेडको प्रायोजनमा कार्यक्रम सम्पन्न हुँदैछ ।

ताजा खबर

सम्बन्धित खबर