२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

पार्टी नबन्दै सकिने भय

ADV
मध्यान्ह
२०८१ कार्तिक ४ गते ०६:५५
पार्टी नबन्दै सकिने भय

काठमाडौं : नेकपा एकीकृत समाजवादीभित्र असन्तुष्टि देखा परेको छ । पार्टी नै फुटाउने तहसम्मको तयारीमा कतिपय नेताहरू लागेपछि अध्यक्ष माधव कुमार नेपाल लगायतका शीर्ष नेताहरू मिलाउन लागेका छन् । तर, समस्या जटिल बनिसकेको नेताहरू बताउँछन् । 

नेताहरूका अनुसार नेकपा एकीकृत समाजवादी फुटकै संघारमा छ । नेकपा एकीकृत समाजवादी नेकपा एमालेबाट फुटेर बनेको दल हो । २०७८ साल भदौमा एमाले फुटेर माधव नेपालको नेतृत्वमा नयाँ पार्टी बनेको थियो । 

प्रचलित ऐन अनुसार नयाँ पार्टी पााँच वर्षसम्म फुट्न पाउँदैन् । यसलाई बदलेर पार्टी फुटेर बनेको नयाँ दल पनि पाँच वर्ष नपुग्दै फुट्न पाउने गरी सरकारले अध्यादेश ल्याउने तयारी गरेसँगै एकीकृत समाजवादीमा हलचल आएको नेताहरू बताउँछन् । 

नेताहरूका अनुसार नेकपा एकीकृत समाजवादी पार्टीको रुपमा स्थासपित हुन समेत सकिसकेको छैन । किनभने गत चुनावमा यो दल राष्ट्रिय दल बन्न सकेन । थ्रेस होल्ड कटाउन नसकेर एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसकेको हो ।

प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा एकीकृत समाजवादीमा लागेका सांसदहरूको विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको थियो । त्यसकारण त्यसबेला भएका सांसदहरूको सम्बन्धमा भय थियो । २०७९ मंसिरमा सम्पन्न चुनावमा राष्ट्रिय पार्टी बन्न सकेन । तर, चुनावी तालमेलका आधारमा एकीकृत समाजवादीका दश जना सांसद प्रत्यक्षतर्फ निर्वाचित भए । अहिले दश जना सांसद पनि एकीकृत समाजवादीमा सन्तुष्ट नरहेको र पार्टी नै फुटको अवस्थामा पुगेको नेताहरू बताउँछन् । 

एकीकृत समाजवादीका नेता वंशिधर मिश्र नै पार्टीबाट एउटा समूह एमालेमा जाने तयारीमा रहेको बताउँछन् । पार्टीको दसौँ महाधिवेशनको म्यान्डेटविपरीत मनोनीत केन्द्रीय सदस्यहरूले पदाधिकारी र पोलिटब्युरो सदस्य चयन भएकाले असन्तुष्टि रहेको उनले बताए ।

पार्टी फुटको कारणलाई हल गर्दै एकीकरण गर्नुपर्ने उनको राय छ । पार्टीभित्र दुई पक्ष हाबी भएको भन्दै उनले पार्टी संकटमा रहेको स्वीकार गर्नुपर्ने बताए ।

उनी भन्छन्, ‘एउटा समुह यसैलाई करेक्सन गर्नुपर्छ, फेरि महाधिवेशन बोलाउने हो कि, यसलाई विघटन नै गर्ने हो कि ? नयाँ ढंगले जानुपर्छ कि भन्नेमा छ । अर्को तेस्रो पक्ष जो संस्थापन धार छ, उसले भन्दै छ– जे भयो भयो यसलाई सकेसम्म सहिष्णुता, सुधार गर्दै नयाँ जिम्मेवारी बाँड्दै जानुपर्छ ।’ 

उनका अनुसार छिट्टै केन्द्रीय कमिटीको बैठक बोलाउने कुरा भइराखेको छ । जे जस्तो भएता पनि पार्टी संकटमा रहेको सबैको स्वीकार गरेर अगाडि बढ्नुपर्नेमा उनको जोड रहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise