२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

नेपाल तामाङ घेदुङ् मलेसियाले गर्‍यो चौथो अधिवेशन तथा १९औं वार्षिक उत्सव सम्पन्न 

shivam cement
तिलोचन गौतम
२०८१ असोज २७ गते २०:३७
नेपाल तामाङ घेदुङ् मलेसियाले गर्‍यो चौथो अधिवेशन तथा १९औं वार्षिक उत्सव सम्पन्न 

मलेसियाः मलेसियामा ‘नेपाल तामाङ घेदुङ्  मलेसिया’ केन्द्रिय समिति क्वालालम्पुर मलेसियाले चौथो अधिवेशन तथा १९औं वार्षिक उत्सव सप्पन्न गरेको छ । 

‘‘विश्व भरी छरिएर रहेका तामाङहरू एक हौं ‘हृयाङ्‌‌लान हीमठीम हृयाङ्‌लान ग्योई, हृयाङ्सेन तोरतोर छार्नालाई’’ भन्ने नाराका साथ घेदुङ मलेसियाले अध्यक्ष मिलन थिङ् तामाङको सभापतित्वमा सम्पन्न गरेको चौथो अधिवेशन तथा १९औं वार्षिक उत्सवबाट सर्बसहमतिमा विक्रम वाईबा तामाङको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

योसँगै घेदुङ मलेसियाको अध्यक्षमा तामाङ, वरिष्ठ उपाध्यक्ष छेवाङ पाख्रिन तामाङ, उपाध्यक्ष सुमन पाख्रिन तामाङ, सुमन मोक्तान, महिला उपाध्यक्ष सम्झना मोक्तान, महासचिव सविन लोप्चन तामाङ, सचिव सञ्जीव तामाङ, महिला सचिव डिना मोक्तान, कोषाध्यक्ष ज्ञान ध्वज बोम्जन, सह–कोषाध्यक्ष नवराज रुम्बा तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । 

त्यस्तै समितिको सदस्यहरुमा क्रमशः छबिलाल बोम्जन, दिपक थिङ तामाङ, भोज थिङ तामाङ, पेमा स्याङ्तान तामाङ, कृष्ण बहादुर मोक्तान, शर्मिला दोङ, शान्ता तामाङ, लालबहादुर थिङ तामाङ, सुनिता पाख्रिन तामाङ, शुसिला मोक्तान, राजु योन्जन तामाङ, रामबहादुर गोले, नवराज थिङ तामाङ लगायत सर्वसम्मत निर्वाचित भएका हुन् ।

सदाझै यस अधिवेशन कार्यक्रममा पनि घेदुङ मलेसियाले मलेसियामा कार्यरत रही पत्रकारितामार्फत नेपाली समुदाय, श्रमिक माझमा पुर्‍याएको योगदानको कदर गर्दै सञ्चारकर्मी, फोनिज मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरी ‘आरएन’ लाई खादा ओढाइ सम्मानपत्रसहित सम्मान गरेका थिए । त्यस्तै समाजसेवी पुर्ण सुब्बा लिम्बूलाई पनि सम्मानपत्रसहित सम्मान गरेका थिए ।

कार्यक्रमको संचालन सविन लोप्चनले गरेको थिए भने कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष बिपिन राई, विशिस्ट अतिथिमा नेपाल तामाङ घेदुङ संघीय सदस्य मिलन दोङ तामाङ, अतिथिहरुमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा मलेसियाको कार्यवाहक अध्यक्ष आरएन, किरात याक्थुङ चुम्लुङ मलेसिया अध्यक्ष दिल केरुङ लिम्बू , थारु कल्याणकारिणी सभा मलेसिया सभापति ज्ञानचन्द्र चौधरी , प्रवासी नेपाली मञ्च मलेसिया अध्यक्ष दयाराम कुमाल् , सञ्चारकर्मीद्धय तिलोचन गौतम , कृष्ण गुप्ता , समाजसेवी पुर्ण सुब्बा लिम्बू , पदमबहादुर लिम्बू लगायत श्रमिकहरुको उपस्थिति थियो।
 

ADV

सम्बन्धित खबर

Advertise