सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको शिततगंगा नगरपालिका वडा नं. ७ साविक जलुके दमारबेसी शितखोलामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।
पुलको लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरेले उद्घाटन गरेका छन् । वर्षौदेखि स्थानीयबासिले सो ठाउँमा पुल निर्माण गर्नका लागि सरोकारवालालाई अनुरोध गर्दै आएका थिए । अहिले पुल बनेपछि आफुहरुको सपना पूरा भएको भन्दै स्थानीय हर्षित भएका छन् ।
उद्घाटन कार्यक्रममा सडक पूर्वाधार कार्यालय अर्घाखाँचीका डिभिजन इन्जिनियर गोपिराज पुनले जनताको माग अनुसार पुल निर्माण सम्पन्न गरिएकाले अब यसको संरक्षण स्थानीय समुदायले गर्नुपर्नेमा जोड दिए ।
शितगंगा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष देवीराम घिमिरेको अध्यक्षता भएको कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष भीम केसी, नेकपा एमाले नगर इन्चार्ज ओपी पाण्डे लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती घिमिरेले लुम्बिनी प्रदेश सरकारको १ करोड ५८ हजार ३ सय ३४ रुपैयाँ २४ पैसाको लागतमा १३४.२ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको बताए । वडा सदस्य टेकबहादुर गाहाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन ऋषि घिमिरेले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies