काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार केन्द्रीय कार्यालयमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै लिम्बू सर्वसम्मत उम्मेदवार बनेका हुन् ।
बिहीबार भएको छलफलमा सबैले लिम्बुलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको रास्वपा महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए ।
वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ । त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies