–शुकदेव काफ्ले
स्वर्गिय तामाङ जस्ता त्यागी व्यक्तिहरुको प्रयासले बचेको साख जोगाउँन अब काँग्रेस पार्टीलाई कठिन देखिन्छ । गुट उपगुटमा विभाजीत पार्टी, गिरोहबाट संचालित छ भन्ने धारणा नेताहरुकै मुखबाट आउँछ । त्यो विरोहबाट निकाल्न सक्ने सामथ्र्य र हैसियत देखाउने भन्दा गिरोहकै भरोसाबाट पार्टी कब्जा गर्ने दौडधुपमा नेतृत्वका आकांक्षीहरु लागेका छन् । बिचार, सिद्धान्त, मूल्य मान्यतालाई ध्यान नदिई केवल पार्टी कब्जा गरेर बस्ने मानसिकताबाट कांग्रेस नेतृत्व ग्रस्त छ । जनमत कमजोर भएको बिषय गम्भिर छलफलमा नै आउन सकेन । एकपक्षले अर्को पक्षलाई दोषारोपण गरी आफु मात्र ठीक भन्ने तर्क पेश गरी स्वार्थी र अवसरवादीहरुको आडमा, भ्रष्ट मानिसहरुको साथमा पार्टी कब्जा गर्ने दौडमा सबै नेतृत्व तहमा रहेकाहरु क्रियाशील देखिन्छन् । यस्तो प्रवृतिले अन्ततः पार्टीलाई नै समाप्त गर्छ भन्ने मान्यता राख्ने तामाङ र तामाङ्ग जस्ता नेताहरु दिवंगत भइसके भने बाँकी रहेकाहरु किनारा लागेको अवस्थामा छन् ।
आदर्शवादी नेता भीम बहादुर तामाङ्गको निधन भएको ६ वर्ष पूरा भएको छ । लोकतान्त्रिक मूल्य मान्यता र आदर्शका लागि जीवन पर्यन्त लडेका तामाङ्गले आफ्नोे जीवन शैलीलाई अति सामान्य र सरल बनाएका थिए । सत्ता प्राप्ती पश्चात् एकाएक नयाँ वर्गमा रुपान्तरित हुने राजनीतिकर्मीहरुको बीचमा स्वर्गीय तामाङ्गको फरक पहिचान एवं परिचय बनेको थियो । जसले गर्दा तामाङ्गका अगाडि समकालिन नेपालका धेरै नेताहरु नतमस्तक हुन्थे । राष्ट्रिय जीवनका प्राय सबै विषयमा छलफल गर्न रुचाउने तामाङको प्रत्येक विषयमा सुक्ष्म ढंगले ब्याख्या र विश्लेषण गर्न सक्ने क्षमता थियो । वी.पी. कोईरालाको सामिप्यतामा रहेर लामो समय विताएको कारणले पनि हुनुपर्छ उनमा गम्भिर राजनीतिक तथा दार्शनिक चिन्तन गर्ने विशिष्ट बिशेषता पाइन्थ्यो । जसले गर्दा तामाङको संसर्गमा भएका मानिसहरुका बीचमा उनी विर्सनै नसक्ने गरी रहेका छन् ।
२०६२-०६३ को सफल आन्दोलन पछि स्वर्गिय तामाङले शीतयुद्धको समयमा चर्चित रहेको युगोष्लाम कम्युनिष्ट पार्टीका नेता मिलोभान जिलासको “द न्यू क्लास” पढ्न सुझाएका थिए । उक्त किताव तामाङले नै खोजेर पढ्न समेत दिएको घटना स्मरणमा ताजै रहेको छ । सत्ता प्राप्ति पश्चात् ‘नयाँबर्ग’ कसरी जन्मन्छ भन्ने दृष्टान्तको रुपमा जिलासले आफ्नो अनुभव उक्त पुस्तकमा उल्लेख गरेका छन् । कम्युनिष्ट पार्टीको बलियो बहुमतको सरकार बनेपछि तामाङले दिएको उक्त पुस्तक दोहो¥याएर पढ्न मन लागेको छ ।
सरकारका पछिल्ला निर्णय पश्चात् त झन धेरै पढ्ने इच्छा बढेको छ । दशैमा राष्ट्रपतिले सार्वभौम नागरिकलाई घुँडा टेकाएर टिका लगाईदिएको दृश्य, अठार करोडको विलासी गाडी मोह, अन्य विलासितासँगै सम्बन्धित निर्णय जस्ता अनेकौं घटना परिघटनाले जिलासको “द न्यू क्लास” अरु सान्दर्भिक भएको छ । तामाङले यसको सान्दर्भीकता बढ्ने देखेर नै पढ्न आग्रह गरेका रहेछन् । मलाई मात्र होइन, अन्य धेरै वामपन्थी मित्रहरुलाई समेत अध्ययन गर्न आग्रह गरेको मैले सुनेको थिए । कम्युनिष्ट पार्टीमा अझ बढी नयाँ वर्गको विकास हुन्छ भन्ने बिषयमा हामीहरुसँग त धेरै अगाडि देखी तामाङले छलफल नै चलाएका थिए । यस सम्वन्धमा आजकल कम्यूनिष्ट मित्रहरु पनि लेख्न थाल्नु भएको पाउँदा स्वार्गिय तामाङ मेरो मनसापटलमा अरु ताजा भएर आउँछन् । बाल्यकालदेखि नै तामाङसँगको सामित्यता प्राप्त भएर हुनुपर्छ उनी हाम्रो त पारिवारीक अभिभावक नै थिए ।
कुरा कम्यूनिष्टको मात्र थिएन । लोकतान्त्रिक आन्दोलनको अग्रणी नेपाली कांग्रेस र यसका नेताको पनि थियो । नागरिकहरुले नजिकबाट नियालीरहेका थिए–नेताहरुलाई । उनीहरुको जीवन शैलीमा आएको आकष्मिक रुपान्तरण जसले नागरिकको मनमा चिसो पसिरहेको थियो । तामाङ भन्थे, सबै गतिविधिहरुलाई नागरिकले नियालिरहेका हुन्छन् , चकाचौधमा मस्त राजनीतिक नेतृत्वले त्यो कुरा ध्यान नदिए पनि नागरिकको मन मस्तिकमा घटनाहरु ताजै रहन्छन् । त्यो स्थिति पछिल्लो निर्वाचनमा देखियो नै । पटक पटक सचेत गराउँदा समेत नेतृत्वले ध्यान नपु¥याएको कारण निर्वाचनमा सर्वनाक पराजय व्यहोर्नु परेको यथार्थता कांग्रेसको सामु छ । कम्तिमा तामाङले यस्तो कमजोर अवस्था त देख्नु परेन । पार्टी भित्र मौलाएको वेथिती र भष्ट्राचारका विरुद्ध तामाङले बोल्न शुरु गरेका थिए । यसकै निरन्तरता स्वरुप पार्टी महाधिवेशनमा सभापतिमा उम्मेदवारी समेत दिएका थिए । तर पार्टी गलत मानीसहरुको पोल्टामा गईसकेको अवस्थामा “राम्रो” नभएर, “हाम्रो” चाहिने अवसरवादीको चंगुलमा नेपाली काँग्रेस फसिसकेको थियो । यसबाट निकाल्ने प्रयास ज्यादै कठिन देखिन्छ । त्यो क्षमता र योग्यता भएको नेतृत्व देखिएको छैन । जसले गर्दा नेपालको लोकतान्त्रीकरणको भबिष्य यसै हो भन्न नसकिने ठाउँमा आईपुगेको छ । शासन पद्धति कांग्रेसले चाहेको तर सरकारमा कम्यूनिष्ट आएको वास्तविकताका बीचमा नेपालले तय गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य के हुने अनिश्चित देखिएको छ । जुन यथार्थता आज सिङ्गो मूलुकले भोगिरहेको छ,महसुस गरिएको छ ।
स्वर्गिय तामाङ जस्ता त्यागी व्यक्तिको प्रयासले बचेको साख जोगाउन अब काँग्रेस पार्टीलाई कठिन देखिन्छ । गुट उपगुटमा विभाजित पार्टी, गिरोहबाट सञ्चालित छ भन्ने धारणा नेताकै मुखबाट आउँछ । त्यो गिरोहबाट निकाल्न सक्ने सामथ्र्य र हैसियत देखाउने भन्दा गिरोहकै भरोसाबाट पार्टी कब्जा गर्ने दौडधुपमा नेतृत्वका आकांक्षीहरु लागेका छन् । बिचार, सिद्धान्त, मूल्य मान्यतालाई ध्यान नदिई केवल पार्टी कब्जा गरेर बस्ने मानसिकताबाट कांग्रेस नेतृत्व ग्रस्त छ । जनमत कमजोर भएको बिषय गम्भिर छलफलमा नै आउन सकेन । एकपक्षले अर्को पक्षलाई दोषारोपण गरी आफु मात्र ठीक भन्ने तर्क पेश गरी स्वार्थी र अवसरवादीको आडमा, भ्रष्ट मानिसको साथमा पार्टी कब्जा गर्ने दौडमा सबै नेतृत्व तहमा रहेकाहरु क्रियाशिल देखिन्छन् । यस्तो प्रवृतिले अन्ततः पार्टीलाई नै समाप्त गर्छ भन्ने मान्यता राख्ने तामाङ र तामाङ्ग जस्ता नेताहरु दिवंगत भइसके भने बाँकी रहेकाहरु किनारा लागेको अवस्थामा छन् ।
कोईराला परिवार भित्रबाट एकताको सन्देश दिन खोजिएको छ । आम लोकतान्त्रवादीले कोईराला परिवारको एकता देख्न चाहेका होईनन्, लोकतन्त्रवादीहरुको अवस्था बलियो हेर्न चाहेका छन् । वी.पी. कोईरालाको वंशजको उत्तराधिकारी खोजेको नभएर बी.पी. बिचार र आदर्शको उत्तराधिकारी चाहेका हुन भन्ने तथ्यलाई आत्मसाथ गर्ने नेतृत्व नै भेटिएको छैन । वी.पी. स्वयंले “कोइराला कुनै परिवारको नाउँ होइन । सो एउटा मनोवैज्ञानिक नैतिक र आध्यात्मिक चीज हो । यो एउटा जीवनको दृष्टिकोण हो” भनेका छन् । (फेरी सुन्दरिजल पृष्ट–९) आफ्ना छोरा छोरी ज्वाई, श्रीमतीलाई आफ्नो उत्तराधिकरी बनाउने सोच र चिन्तनबाट ग्रसित नेताहरुले नेपाली काग्रेंसको समग्र नेतृत्व गर्छन् भन्ने विश्वास लोकतन्त्रवादी समुदायलाई छैन । नेपाली कांग्रेसले विश्वासको वातावरण नै बनाउन सकेन । कम्यूनिष्टको सस्तो प्रचारवाजीलाई चिर्न नसकेर पराजित कांग्रेस आफ्नो प्रतिष्ठा पुनस्थापित गर्न इमान्दार भएर प्रस्तुत भएकै छैन । आफै भित्र एकले अर्कोलाई पछार्ने रणनीतिमा सम्पूर्ण सामथ्र्य लगाएको नेतृत्व समूह सँगसँगै आफ्ना व्यक्तिगत स्वार्थ जोड्ने विहान बेलुका घरदैलो गर्ने कार्यकर्ताबाट घेरिएको समूहले नेपाली कांग्रेसको छवि पुनस्थापित गरी पार्टीलाई जीवन्तता प्रदान गर्छ भन्ने पुराना, इमान्दार र निष्ठावान नेता तथा कार्यकर्तालाई लाग्न छाडेको छ । त्यस्ता पुराना, इमान्दार र निष्ठावान नेता तथा कार्यकर्तालाई नेतृत्वका आकांक्षीले महत्व नै दिएका छैनन् । पद, पैसा र पाखुराका आधारमा पार्टी कब्जा गर्ने स्वार्थी र भ्रष्टलाई नै महत्व दिदै प्राथमिकतामा राखेका छन् । जसका विरुद्ध तामाङ पार्टी भित्र र बाहिर लडेका थिए र हामीहरुलाई पनि त्यही सिकाएका थिए ।
अव त्याग, तपश्या, बलिदान र क्षमताको कदर हुने सम्भावना न्यून हुदै गएको छ । इमान्दारिता र निष्ठा त सिकिस्त नै भएको छ । यस्तो समयमा निष्ठा, इमान्दारिता र आदर्शका रुपमा परिचित तामाङ जस्ता व्यक्तिलाई स्मरण गर्ने कुरा नै आएन । जसले जुन संस्कार संस्कृति र सभ्यताको अपेक्षा राखेको थियो त्यो नै नरहेपछि संस्कार र संस्कृतिको पक्षमा उभिने नैतिक धरातल नै कहाँ बन्छन् र ? सरलता र सादगी जस्ता राजनीतिक चरित्र त धेरै टाढाको बिषय बन्छ । स्वर्गिय तामाङले कहिल्यै एक हातले अभिवादन गरेको र फर्काएको नदेखेको मानिसका लागि अभिवादन नै नफर्काउने नेतृत्वका प्रति कस्तो दृष्टिकोण बन्ला ? अनुशासित र वौद्धिक ब्यक्तिहरुले नेतृत्व गरेको पार्टीमा भ्रष्ट, दलाल र ठेकेदारहरुको वर्चश्व देखिदा कस्तो अनुभूति होला ? के तामाङ जस्ता त्यागी नेताहरुले यस्तै अवस्थाको परिकल्पना गरेका थिए होलान् ? नेपाली कांग्रेसको अवस्था यस्तै होला भन्ने सपना देखेका थिए होलान् ? विगतको त्याग, तपस्या र वलिदान के लागि थियो ? अहिलेको नेतृत्वमा भएकाहरुले नेपाली जनतालाई जवाफ दिनु पर्दैन ? जवाफदेहिता नभएको पनि लोकतन्त्र हुन्छ ? भ्रष्टाचार मुक्त इमान्दार युक्त पार्टी नभए सम्म नेपाली कांग्रेसले आफ्नो साख, पुनस्थापित गर्न सक्दैन न सयौं हजारौ नेता तथा कार्यकर्ताको सपना पुरा गर्न सक्छ न त तामाङ र तामाङ जस्ता महान आदर्श व्यक्तिप्रति सच्चा श्रद्वा व्यक्त गर्न सक्छ । आफ्नो उद्देश्य, लक्ष्य र गन्तव्य नै भुलेको अन्यौलग्रस्त मनस्थितिमा रहेको गतिहिन मानव यन्त्र जस्तो बन्दै गएको छ – नेपाली काँग्रेस । कम्युनिष्ट सरकारको छोटो समयको कार्यसम्पादनबाट नै वाक्क भएको लोकतन्त्रवादी समुदायले काँग्रेसलाई व्युझाउन खोजिरहेको छ तर काँग्रेसको निन्द्रा खुलेको छैन । आफ्नो ऐतिहासिक भूमिकाको इमान्दारीपूर्ण समिक्षा सम्म गर्न नसकी साना मसिना विवादमा अल्झिएर महान उद्देश्यका लागि वलिदान गरेका सयौं सपुतको सपना र आन्दोलनको लक्ष्यलाई समेत भुलेको आभाष पाइन्छ । जुन तथ्यले भीम बहादुर तामाङ्ग जस्ता आदर्श व्यक्तिको जीवन सार्थक थियो भन्ने बनाउन नेपाली काँग्रेस चुकेको प्रष्ट््याउँछ ।
लेखक अधिवक्ता हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies