२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कुमारी बैंकको देशैभर वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षण

Nada
२०८१ भदौ २५ गते २१:२४
Shares
कुमारी बैंकको देशैभर वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षण

काठमाडौं : कुमारी बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको छ । युसएड सँगको सहकार्यमा ‘देशैभरी वर्षैभरी’ अभियानकै रुपमा वित्तीय साक्षरता प्रर्वद्धन गरी विभिन्न स्थानमा रहेका व्यावसायिक एवं उद्यमशील सोचहरुलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्ने उद्देश्यले बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको हो । 

ncell

वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा वित्तीय साक्षरता प्रवर्द्धन हुने विश्वास बैंकले लिएको जनाएको छ । सो अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय साक्षरता पुस्तिका, कुमारी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमूलक भिडियोहरु, सचेतनामुलक शन्देशहरु विकास गरी नियमित रुपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ । 

साथै, स्थानीयस्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामग्री विकास गरी समाजमा रहेका व्यावसायिक एवं उद्यमशील सम्भावनाहरुलाई प्रर्वद्धन गर्दै उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर