२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नहरले बगाउँदा बालिकाको मृत्यु

Nada
२०८१ भदौ १४ गते १०:४९
Shares
नहरले बगाउँदा बालिकाको मृत्यु

बर्दिया : बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् ।  

ncell

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति  नहरको किनारमा बालिकाको चप्पल फेला परेको थियो । बालिकाको आज बिहान शव फेला परेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

नहर किनारमा चप्पल फेलापरेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गर्दै जाँदा चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ वडा नं ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको बताइएको छ । 

ताजा खबर

सम्बन्धित खबर