२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट

Nada
२०८१ भदौ १३ गते १७:१४
Shares
वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट

काठमाडौँ :  वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् ।

ncell

मन्त्रालयमा आज भएको भेटवार्ता नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री ठकुरीले अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसआइडी)ले विगत सात दशकदेखि नेपालको विकासको प्रमुख सहयोग रहँदै आएकामा राजदूतलाई धन्यवाद दिएका थिए ।   

मन्त्री शाहीले भने, “नेपालको आर्थिक सामाजिक वातावरणीय तथा शासकीय विकासमा अमेरिकी सरकारले खेलेको भूमिकाप्रति आभारी छु ।” नेपालका हालैका दिनमा एमसिसीलगायत विभिन्न परियोजनामार्फत पूर्वाधार विकासमा अमेरिकी सरकारको महत्त्वपूर्ण सहयोग रहँदै आएको मन्त्री ठकुरीले बताए।

उनले नेपालमा शिक्षा क्षेत्रमा विकास, सार्वजनिक स्वास्थ्य सुधार कार्यक्रमका माध्यमबाट जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण वन तथा जैविक विविधता संरक्षण वन्यजन्तु संरक्षण भूकम्पपछिको पुनः निर्माणलगायत विभिन्न क्षेत्रमा अमेरिकाको सहयोग रहेको बताए।

सो अवसरमा राजदूत थम्प्सनले वन मन्त्रालयको आगामी कार्ययोजना तथा समस्या र समाधानका उपायबारे जानकारी लिएका थिए। साथै उनले युएसआइडीमार्फत नेपालको पर्यटन उद्योगमा काम गर्ने चाहना रहेको र नेपाल सरकार जलवायु परिवर्तन क्षेत्रमा केन्द्रित रहँदा खुसी लागेको बताएका थिए ।

ताजा खबर

सम्बन्धित खबर