२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

भारतद्वारा श्रीलङ्कालाई ऊर्जा परियोजनाको पहिलो भुक्तानी हस्तान्तरण

Nada
२०८१ भदौ १३ गते १७:०३
Shares
भारतद्वारा श्रीलङ्कालाई ऊर्जा परियोजनाको पहिलो भुक्तानी हस्तान्तरण

काठमाडौंः श्रीलङ्काका डेल्फ्ट, नैनातिवु र अनालाइतिवु टापुमा ऊर्जा आवश्यकताहरू सम्बोधन गर्ने उद्देश्यले हाइब्रिड पावर प्रोजेक्टको लागि पहिलो भुक्तानी हस्तान्तरण गरेको बिहीबार श्रीलङ्काका लागि भारतीय उच्चायुक्त सन्तोष झाले बताएका छन् ।   

ncell

झाले ऊर्जा मन्त्रालयका सचिव तथा श्रीलङ्का दिगो ऊर्जा प्राधिकरण (एसएलएसईए) का अध्यक्ष सुलक्षणा जयवर्धनेलाई भुक्तानी हस्तान्तरण गरेका हुन् ।परियोजनाको उद्देश्य राष्ट्रिय ग्रिडमा नजोडिएका तीन टापुका मानिसहरूको ऊर्जा जन्य आवश्यकता पूरा गर्नु हो । वक्तव्य अनुसार भारतले यस परियोजनाका लागि एक करोड दश लाख अमेरिकी डलर सहयोग गरेको छ । 

यसअघि अगस्ट २३ मा झाले टापुको पूर्वी प्रान्तको भ्रमण गरी गभर्नर सेन्थिल थोन्डामन र व्यापार तथा वातावरण राज्यमन्त्री एस वियालेन्दिरनसँगको भेटमा भारतको विभिन्न परियोजनाबारे छलफल गरेका थिए । यसअघि अगस्ट–२२ मा, झाले बट्टिकलोआ जिल्ला चेम्बर अफ कमर्स र बट्टिकलोआ चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रतिनिधिसँग कुराकानी गरी भारतसँग बी एण्ड बी संलग्नता बढाउने सल्लाह दिएका थिए ।  

ताजा खबर

सम्बन्धित खबर