२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

तिजमा तडकभडक र खर्चिलो कार्यक्रम गरे कारबाही

Nada
२०८१ भदौ १३ गते १३:४८
Shares
तिजमा तडकभडक र खर्चिलो कार्यक्रम गरे कारबाही

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यकम नगर्न आग्रह गरेको छ ।

ncell

बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी माधबप्रसाद ढुंगानाले एक सूचना जारी गर्दै तिज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला र भड्किलो कार्यक्रम नगर्न आग्रह गरेका हुन् ।

प्रशासन कार्यालयले खर्चिलो र भड्किलो तिज कार्यक्रम गरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ । कार्यालयले सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको स्मरण पनि गराएको छ । 

आफ्नो परम्परा एवम् सामाजिक रीतिरिवाजलाई मौलिक रूपमा संरक्षण र संवर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला एवम् भड्किला कार्यक्रमहरू सञ्चालन नगर्न नगराउनु अनुरोध गर्दै अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु सबैको कर्तव्य भएकाले सबै राजनीतिक दल, नागरिक समाज, पेसागत संघ संस्थाहरू, सञ्चारकर्मीहरू, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरूबाट सहयोगको अपेक्षा गरिएको कार्यालयले उल्लेख गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर