२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध

Nada
२०८१ भदौ १३ गते ११:०५
Shares
पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध

अछाम : लगातारको वर्षाका कारण साँफे-मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका-१३ स्थित बुढामगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

ncell

निरन्तर पहिरो खसिरहेकाले बाटो खुलाउन जोखिम बनेको हो । पहिरोका कारण बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा जान लागेका यात्रुवाहक बस वारिपारि रोकिएका  अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

उनले पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउने प्रयास गरिने बताए। सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिरिने र भित्रिने सवारीसाधन रोकिएका छन् । योसँगै यात्रुले सास्ती खेप्नुपरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज प्रहरी निरीक्षक खगेन्द्र साउदको कमाण्डमा प्रहरीको टोली पहिरो स्थलमा खटिएको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर