२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

कतारमा २१ जना नेपालीले गरे रक्तदान

Nada
तिलु शर्मा पौडेल
२०८१ भदौ ७ गते १६:२८
Shares
कतारमा २१ जना नेपालीले गरे रक्तदान

दोहा, कतार : नेपाली रक्तदाता संघ कतारको आयोजनामा कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व मानवता दिवसको अवसर पारेर हमाद अस्पतालको ब्लड डोनर सेन्टरमा आयोजित उक्त कार्यक्रममार्फत २१ जना नेपालीले रक्तदान गरेका छन् ।

ncell

छोटो समयमा गरिएको तयारीका कारण ४१ जनाको उपस्थिति रहे पनि २१ जनाले रक्तदान गर्न सफल भएका हुन् । प्रत्येक तीन महिनामा कतारमा स्थापित विभिन्न संघसंस्थासँग समन्वय तथा सहकार्य गर्दै रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको रक्तदाता संघले भने यस पटक हमाद अस्पतालको अनुरोधमा रक्तदान कार्यक्रम गरेको हो ।

'हाम्रो तयारी अलिक पछि कार्यक्रम गर्ने थियो, तर कतारमा रगत अभाव देखिएको भन्दै रक्तदानका लागि अस्पतालबाट अनुरोध भएपछि मानवीय सेवाका लागी विश्व मानवता दिवसको अवसर पारेर रक्तदानको आयोजना गरेका हौं,' संघ कतारका अध्यक्ष रामजी खत्रीले मध्यान्ह दैनिकसँग भने ।

रक्तदाताहरुलाई नेपाली ढाकाको टोपी, संघले प्रकाशित गरेको भित्ते पात्रो र संघको लोगो अंकित ब्याच प्रदान गर्दै सम्मान गरिएको थियो । शुक्रबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको रक्तदान कार्यक्रम संघका संरक्षक हंसराज ढकालले रक्तदान गर्दै शुरुवात गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर