२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ होल्ड

Nada
२०८३ असोज २८ गते १२:०५
Shares
प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ होल्ड

काठमाडौं : मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ विभिन्न आरोपमाथि थप अध्ययन गर्नुपर्ने भन्दै होल्ड गरिएको छ ।

ncell

बुधबार संसदीय सुनुवाइ समितिमा स्वार्थको द्वन्द्व, म्यानपावर व्यवसायीसँगको सम्बन्ध, पोखराको जग्गा खरिदमा अनियमितता तथा आर्थिक लेनदेनसम्बन्धी विषय उठेपछि सुनुवाइ प्रक्रिया स्थगित गरिएको हो ।

खरेलले आफूमाथि लगाइएका आरोपमा कुनै संलग्नता नरहेको र ती आरोप तथ्य तथा प्रमाणमा आधारित नभएको जिकिर गरे । समिति सदस्यहरूले उजुरीमाथि थप अध्ययन गर्नुपर्ने बताएपछि सभापति बोधनारायण श्रेष्ठले सुनुवाइ होल्ड गर्ने निर्णय सुनाए ।

सुनुवाइका क्रममा खरेलले मलेसियामा नेपाली श्रमिकका लागि ‘फ्री भिसा, फ्री टिकट’ नीति कार्यान्वयन गर्ने, राहदानी सेवा सहज बनाउने तथा सुरक्षित कुरियर र डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

सम्बन्धित खबर